काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीले कर्णालीलाई पराजित गरेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो ।
९२ रनको सामान्य लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
गण्डकीका लागि दीपक डुम्रेले अर्धशतकीय पारीले जित सुनिश्चित गर्यो । ७८ बलमा ७ चौका प्रहार गरेका दीपक ५० रनमा अविजित रहे ।
सुजन २२ गौतममा अविजित रहे ।
कर्णालीका लागि दीवान पुनले ३ विकेट लिए । दीपेन्द्र रावतले २ तथा युनिस ठकुरीले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रनमा अलआउट भएको थियो । कर्णालीका लागि विपिन शाहीले २० तथा अर्जुन घर्तीले १७ रन बनाए ।
गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी, विपिन खत्रीले २-२ तथा सन्दीप पराजुली र अमृत गुरुङले १-१ विकेट लिए ।
Facebook Comment
Comment