कोशीविरुद्ध मधेसको उच्च योगफल, तीन खेलाडीको अर्धशतक

नेपालभ्युज

कोशीविरुद्ध मधेसको उच्च योगफल, तीन खेलाडीको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशीविरुद्ध मधेसले उच्च योगफल बनाएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा मधेसले कोशीलाई २८५ रनको लक्ष्य दिएको हो ।

टस जितेर ब्याटिङ रोजेको मधेसले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा २८४ रन बनायो । मधेसका लागि कप्तान अनिल साह, पवन सराफ र दीपेश दासले अर्धतकीय पारी खेले ।

पवनले ८५ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९२ रन बनाए । अनिलले ७५ बलमा १० चाौका प्रहार गर्दै ७५ रन बनाए ।

दीपेश भने ५६ रनमा अविजित रहे । सो क्रममा उनले ६० बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

कोशीका लागि भने विपिन महतो र प्रकाश केसीले २ २ तथा फिर्दोश अन्सारी र दीपेश कँडेलले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved