प्रधानमन्त्री कप : गण्डकीलाई कर्णालीको सामान्य लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप : गण्डकीलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले गण्डकीलाई सामान्य लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले गण्डकीलाई ९२ रनको लक्ष्य दिएको हो ।

पहिले ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रनमा अलआउट भयो । कर्णालीका लागि विपिन शाहीले २० तथा अर्जुन घर्तीले १७ रन बनाए ।

गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी, विपिन खत्रीले २/२ तथा सन्दीप पराजुली र अमृत गुरुङले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved