जनयुद्ध दिवसमा बिदा दिने पालिकालाई सर्वोच्चको कारण देखाऊ आदेश

नेपालभ्युज

जनयुद्ध दिवसमा बिदा दिने पालिकालाई सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिएका स्थानीय तहका प्रमुखलाई अवहेलना मुद्दामा जवाफ पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश द्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ,‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ?’ माग बमोजिमको कारबाही हुनुनपर्ने भए सोको मनासिब आधार, कारण र भए सबुद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु ।’

सर्वोच्च अदालतले जनयुद्ध दिवसको दिन फागुन १ गते सार्वजनिक बिदा नदिन आदेश दिए पनि केही पालिकाले दिएका थिए । उनीहरूले पटक-पटक अदालतको अवहेलना गरेको भन्दै नेपाली काङ्ग्रेसका नेता कुलबहादुर गुरुङ, अर्का नेता विनयध्वज चन्द, द्वन्द्वपीडितहरू ज्ञानेन्द्र आरण, चिरञ्जीवीवास गिरी, गङ्गामाया अधिकारी लगायतले कारबाहीको लागि रिट दायर गरेका थिए ।

जनयुद्ध दिवसका दिन ४५ वटा पालिकाले सार्वजनिक बिदा दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved