ओलीको टिप्पणी – जुलुस निकाल्दा विदेशीको तस्वीर राख्नुपर्ने दयनीय अवस्थामा छैनौं

नेपालभ्युज

ओलीको टिप्पणी – जुलुस निकाल्दा विदेशीको तस्वीर राख्नुपर्ने दयनीय अवस्थामा छैनौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुस निकाल्दा विदेशीको तस्वीर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरू नरहेको टिप्पणी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतका लागि जम्मा भएकाहरूले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग गरेका थिए।

सोमबार गैरसरकारी संस्था महासङ्घको ११औं महाधिवेशन तथा नागरिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असंवैधानिक, प्रजातन्त्रविरोधी, पद्धतिविरोधी र प्रणालीविरोधी कुरामा लाग्न आफूहरूलाई फुर्सद नभएको बताए ।

उनले भने, “हामी एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ। हामी आफैँसँग विचार छ, आफैँसँग नेता छन्। हामी यसको दृष्टान्त दिन सक्छौँ। हामी आफैँले गरेका छौँ। त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदेको हो, भयो ? हामी आफ्नै कुरामा छौँ । यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्रविरोधी, पद्धतिविरोधी, प्रणालीविरोधी कुरामा हामी लाग्नुहुँदैन। ”

राजावादीको र्‍यालीमा योगीको फोटो बोक्ने प्रदीपविक्रम राणा को हुन् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved