गण्डकीले सुदूरपश्चिमलाई दियो २२१ रनको लक्ष्य, दीपक र अर्जुनको अर्धशतक

नेपालभ्युज

गण्डकीले सुदूरपश्चिमलाई दियो २२१ रनको लक्ष्य, दीपक र अर्जुनको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीले सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा गण्डकीले ५० ओभरमा ८ विकेटको क्षतिमा २२० रन बनाएको हो ।

गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतकीय पारी खेले । दीपकले ७४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अर्जुनले भने ९५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

सुदूरपश्चिमका लागि शेर मल्लले ३, नारायण जोशीले २ तथा अर्जुन विक, मिलन बोहरा र हेमन्त धामीले १–१ विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved