राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिवाना

नेपालभ्युज

राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिवाना
फाइल तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तोकेको छ ।

महानगरपालिकाका नगर प्रहरी निरिक्षक लिलाराज गाछा मगर थापाले  आइतबार राप्रपा मुख्यालयलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएका हुन् ।  निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई पत्रको बोधार्थ दिइएको छ ।

पत्रमा भनिएको छ, ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको।’

फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको पत्रमा उल्लेख छ ।

राप्रपाले आइतबार पूर्वराजाको स्वागतमा एयरपोर्ट, तिलगंगा गौशाला लगायतका क्षेत्रमा प्रदर्शन गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved