प्रधानमन्त्री कप क्रिकेट:

कोशीमाथि लुम्बिनीको जित, अजयको फाइफर

नेपालभ्युज

कोशीमाथि लुम्बिनीको जित, अजयको फाइफर

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले कोशीलाई पराजित गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा लुम्बिनीले कोशीलाई २६ रनले पराजित गरेको हो ।

२०९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कोशी ४२.४ ओभरमा १८२ रनमा अलआउट भयो । कोशीका लागि सुजन थपालियाले ३५ र चिराग साहले ३१ रन बनाए ।

लुम्बिनीका लागि अजय चौहानले ५ विकेट लिए । उनले ८.४ ओभरमा ३२ रन खर्चेर फाइफर पूरा गरे । रमेश कुर्मीले ३ तथा देव खनाल र कृष्ण कार्कीले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भयो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन बनाए । उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे । मृनल गुरुङले ४३ र नर सार्कीले ४५ रन बनाए ।

कोशीका लागि प्रकाश कार्की र दीपेश कँडेलले ३–३ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved