फिफा वरीयतामा नेपाली महिला टोलीको चार स्थान सुधार

नेपालभ्युज

फिफा वरीयतामा नेपाली महिला टोलीको चार स्थान सुधार
फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा चार स्थान सुधार गरेको छ ।

फिफाले जारी गरेको नयाँ वरीयताअनुसार नेपालले चार स्थान सुधार गर्दै ९९औं स्थानमा उक्लिएको छ ।

हालै मात्र घरेलु मैदानमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । प्रतियोगितामा नेपालले लेबनान र किर्गिस्तानलाई हराएको थियो । सोही प्रदर्शनका कारण नेपालको वरीयता सुधार भएको हो ।

वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत वरीयताको ६९औं स्थानमा छ ।

वरीयताको शीर्ष स्थानमा अमेरिका यथावत् छ भने दोस्रो स्थानमा स्पेन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved