बास्कोटालाई भौतिकमन्त्रीको जवाफ : धुलिखेल-खावा सडकका लागि ठेक्का आव्हान हुन्छ

नेपालभ्युज

बास्कोटालाई भौतिकमन्त्रीको जवाफ : धुलिखेल-खावा सडकका लागि ठेक्का आव्हान हुन्छ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुलिखेल-खावा सडक खण्ड निर्माणको विषयमा सांसद गोकुल बास्कोटाको प्रश्नको जवाफ दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री दाहालले उक्त सडकखण्डको निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै जवाफ दिएका हुन् ।

केही दिनअघि एमाले सांसद बास्कोटाले भौतिक पूर्वाधारमन्त्रीको ‘कानमा बतास पसोस्’ भन्दै धुलिखेल-खावा सडक खण्ड कहिले बन्छ भन्दै प्रश्न गरेका थिए । बास्कोटाले व्यङ्ग्य मिश्रित शैलीमा भनेका थिए, ‘सभामुख महोदय, शून्य समय हो, सरकारले नसुने पनि हुन्छ ।’

बास्कोटाले चार वटा सरकार फेरिए पनि खावादेखि धुलिखेलसम्मको चार किलोमिटर बाटोको सम्पन्न नभएको भन्दै प्रश्न गरेका थिए  । ‘भौतिक मन्त्रीको कानमा बतास पसोस्, नत्र ढुङ्गा खाने स्थिति बन्यो अब,’ बास्कोटाले शून्य समयप्रतिको रोष प्रकट गरेपछि मूल विषय राख्ने क्रममा भनेका थिए ।

बास्कोटाको प्रश्नको जवाफ दिँदै दाहालले धुलिखेल र खावाको हाल ठेक्का तोडेर सम्बन्धित निर्वाण व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी गराए । ‘अब छिट्टै अर्को ठेक्का आव्हान हुने छ,’ मन्त्री दाहालले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved