भारतीय फुटबलर सुनिलले गरे सन्यास फिर्ता

नेपालभ्युज

भारतीय फुटबलर सुनिलले गरे सन्यास फिर्ता

काठमाडौं । चर्चित भारतीय स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता गरेका छन् । उनले करिब ९ महिनाअघि गरेको सन्यासको निर्णय फिर्ता लिएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

सन्यास फिर्ता लिएसँगै सुनिल मार्चमा हुन गइरहेको अन्तर्राष्ट्रिय ब्रेक दौरान हुने खेलका लागि भारतीय टोलीमा परेका छन् ।

मुख्य प्रशिक्षक मानोलो माक्र्वेजले २६ सदस्यीय टोलीमा उनलाई पनि समेटेका हुन् ।

४० वर्षीय सुनिलले गत जेठमा सन्यासको निर्णय लिएका थिए । उनले गएको जुन ६ मा कुवेतविरुद्ध भारतका लागि पछिल्लोपटक खेलेका थिए । सो बेला उनी टोलीको कप्तान थिए ।

सुनिलले भारतीय टोलीबाट १५१ खेल खेल्दै कुल ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी चौथो नम्बरमा रहेका छन् ।

सुनिलले चिरपरिचित प्रतिद्वन्दी नेपालविरुद्ध सर्वाधिक ९ गोल गरेका छन् । उनले १२ जुन २००५ मा भारतका लागि डेब्यू गरेका थिए । उनले डेब्यूले खेलमै गोल गरेका थिए ।

भारतले यही महिना बङ्गलादेश र माल्दिभ्सविरुद्ध खेल्दैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved