शङ्करापुरको बेवारिसे बालबालिका आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु

नेपालभ्युज

शङ्करापुरको बेवारिसे बालबालिका आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको शङ्करापुरमा टिपरले किचेर तीन जनाको ज्यान गएको छ । शङ्करापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको हो ।

द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलको टहरािभत्र बिहीबार मध्यराति बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर छिरेको काठमाडौं प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट मृत्यु हुनेमा दुईजना युवा र एक अधबैँसे पुरुष गरी तीनजना छन् । करिब २१ वर्षका आकाश र सुमन नामका युवा र ४५ वर्षीय हरिजनको मृत्यु भएको हो ।

गम्भीर घाइते हरिजनको उपचारका क्रममा मृत्यु भएको हाे । उल्लेखित नाम संस्थाले राखेको र तीनै जनाको थप विवरण नखुलेको प्रहरीले जनाएको छ ।

उक्त टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई नियन्त्रण लिइएको बौद्ध प्रहरीले जनाएको छ ।

अहिले टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सो टहरामा ६१ जना बस्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved