काठमाडौं । यस वर्ष संयुक्त राज्य अमेरिकामा हुने क्लब विश्वकपका लागि पुरस्कार राशि घोषणा भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ टोलीको सहभागिता रहने प्रतियोगिताको पुरस्कार राशि एक अर्ब डलर हुने घोषणा गरेको हो ।
यो रकम हालैका पुरुष र महिला विश्वकप प्रतियोगिताका लागि छुट्याइएको पुरस्कार रकमभन्दा धेरै हो ।
फिफाले क्लब विश्वकपबाट कुल दुई अर्ब डलर आम्दानी हुने अनुमान गरेको छ । यसबाट केही रकम विश्व क्लब फुटबलको विकासमा लगानी गर्ने फिफाको लक्ष्य छ ।
“फिफाले एक डलर पनि राख्दैन,” प्रतियोगिताबाट हुने आम्दानी र खर्चबारे फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने ।
फिफाले कोका-कोला, बैङ्क अफ अमेरिका, चिनियाँ इलेक्ट्रोनिक्स ब्रान्ड हाइसेन्स र बेल्जियमका ब्रुअर्स एबी इनबेभसँग पनि प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
फिफा क्लब विश्वकप अमेरिकाका विभिन्न १२ शहरमा आयोजना हुने तालिका छ ।
Facebook Comment
Comment