काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ८ नेपालीलाई स्वदेश फर्काइएको छ ।
अमेरिकाले विमान चार्टड गरेर ८ नेपालीलाई स्वदेश फर्काएको हो । उनीहरूलाई लिएर आएको विमान बुधबार बिहान अवतरण भएको हो ।
उक्त विमानले एक अफ्रिकी देशको आप्रवासीलाई समेत लिएर आएको थियो । उनीहरुलाई गन्तव्यमा ओरालेर विमान नेपाल आएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन् । त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ ।

उनले केही दिनअघि सामाजिक सञ्जाल ट्रुथमा अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आप्रवासी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा पनि खतरानाक रहेको बताएका थिए । आप्रवासीप्रति कडा नीति नलिए अमेरिकाको हालत पनि युरोपजस्तै हुने उनको भनाइ थियो ।


Facebook Comment
Comment