चेरी र आरू फूलले बढाएको उपत्यकाको सौन्दर्य (तस्वीरहरू)

चेरी र आरू फूलले बढाएको उपत्यकाको सौन्दर्य (तस्वीरहरू)

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै काठमाडौंका सडक किनारा र पार्कहरु रङ्गीन दृश्यले झकिझकाउ बनेका छन् । पैँयू र आरु प्रजातिका फूल ढकमक्क फुल्न थालेपछि उपत्यकाका पार्क, सडकछेउ र खुला चौर सुन्दर बनेका हुन् ।

भृकुटीमण्डपको पार्कदेखि लिएर विभिन्न स्थानका सडक किनारामा फुलेका यी गुलाबी र सेता फूलहरू वातावरणमा थप आकर्षण थपिरहेका छन् ।

जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ नामले तथा नेपालीमा पैँयू र आरुका रूपमा परिचित यी फूलहरूले मौसमलाई झनै रमणीय बनाएका छन् ।

हावाको लहरसँगै हल्लिने यी फूलहरूको मोहक सुगन्धले मानिसलाई लोभ्याउने मात्रै होइन, माहुरीलाई पनि आकर्षित गरिरहेको हुन्छ । रसिला फूलहरूको रस चुसी रहेका माहुरीले वातावरणमा मधुर सङ्गीत थपेको अनुभूति गराउँछन् ।

यतिखेर यी फूललाई कैद गर्दै युवायुवती तस्वीर र सेल्फी लिन व्यस्त देखिन्छन् । फूलहरूको सौन्दर्यले काठमाडौंलाई प्राकृतिक सुन्दरताको अनुपम उपहार दिएको छ ।

हेरौँ, तस्वीर-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved