काठमाडौं । सिंगापुरसँगको आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियाली कप छनोट खेलको लागि नव–नियुक्त मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडीलाई बोलाएका छन्।
मुख्य प्रशिक्षक रसले ३० खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार जानकारी गराएको हो ।
मार्च २१ मा नेपाल सिंगापुरसँग सिंगापुरमा खेल्नेछ । त्यसपछि मार्च २५ मा मलेसियासँगको छनोट खेल हुनेछ।
यी म्याट रोसका पहिलो खेलहरू हुनेछन् जसको नियुक्ति आइतबार एक वर्षको अवधिका लागि भएको हो।
प्रारम्भिक टोली
गोलकिपरः किरण कुमार लिम्बू, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अञ्जल श्रेष्ठ
डिफन्डरः अनन्त तामाङ, छेरिङ लामा, रोहित चन्द, बिमल पाण्डे, सानिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अन्जन राई, अभिषेक लिम्बू, आशीष गुरुङ, अशोक खवास
मिडफिल्डरः लेकेन लिम्बू, रोहन कार्की, मनि लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, आयुष घलान, कृतिश रत्न छुन्जु
फरवार्ड : गिलेस्पीजंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेञ्जन, सुभाष ठकुरी बम, निराजन धामी
Facebook Comment
Comment