नेपाल आइपुगे बुफोन

नेपालभ्युज

नेपाल आइपुगे बुफोन

काठमाडौं। इटालीका पूर्वगोलकिपर जियानलुइजी ‘जीजी’ बुफोन नेपाल आइपुगेका छन्।

इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरका रुपमा चिनिने बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न आइतबार नेपाल आइपुगेका हुन् ।

आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेपे तथा अन्य पदाधिकारीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। इटलीका लागि ८० खेलमा कप्तानी गरेका बुफोन सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन्।

नेपाललाई नमस्ते भनेका सर्वोत्कृष्ट गोलकिपर बुफोनको विवाददेखि कीर्तिमानसम्म

सन् १९९८ देखि २०१४ सम्म बुफोनले लगातार पाँच विश्वकप खेलेका थिए। ९ टोलीको सहभागीता भएको केपी ओली कपको तेस्रो संस्करण फाइनल सोमबार हुनेछ । फाइनल खेलमा मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच बेलुकी ६ बजे प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved