नेपाल भारोत्तोलनसहित ६ संघलाई निलम्बन गर्ने राखेपको निर्णय

नेपालभ्युज

नेपाल भारोत्तोलनसहित ६ संघलाई निलम्बन गर्ने राखेपको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ६ खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

राखेपको बिहीबार बसेको १२१औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।

निलम्बन पर्नेमा राष्ट्रिय खेल संघहरू नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् ।

राखेप कार्यकारी समितिको बैठकले ती संघलाई  निलम्बन गर्न सिफारिस गरेबमोजिम बोर्ड बैठकले अनुमोदन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved