५५ वर्षीया ‘बुलेट आमा’लाई काठमाडौं महानगरको प्रशंसा 

नेपालभ्युज

५५ वर्षीया ‘बुलेट आमा’लाई काठमाडौं महानगरको प्रशंसा 

काठमाडौं काठमाडौं महानगरपालिकाले ‘बुलेट आमा’ भनेर चिनिने सुशीला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंसा गरेको छ । 

महानगरपालिकाले बिहीबार एक कार्यक्रम गरी तिवारीलाई प्रशंसा पत्र प्रदान गरेको हो ।

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोलले उनलाई प्रशंसा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् । प्रशंसा प्रदान गर्दै उपप्रमुख डङ्गोलले, तिवारीको मोटरसाइकल यात्रा साहसी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् ।

‘गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो,’ उनले भनिन् । 

झापाको बुधबारे बसोबास गर्ने ५५ वर्षीया तिवारीले नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्‍वशान्तिको कामना गर्दै भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् । उनले नवौँ दिनको मध्यान्हमा सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर यात्रा समापन गरेकी थिइन् ।

विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भनिन्, ‘साहसी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्द्धन गर्न अब भारत, बङ्गलादेश, मलेसिया हुँदै थाइल्यान्डसम्म यात्रा गर्नेछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved