पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा जोड्नुपर्ने बताएका छन् ।
विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग सङ्घद्वारा आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताए ।
हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेको उल्लेख गर्दै मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरे ।
“संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बीमा महत्त्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ ।,” उनले भने ।
सरकारले रकम व्यहोर्न नसकेपछि स्वास्थ्य बीमा कार्यक्रम धरापमा !
Facebook Comment
Comment