प्रेमिकाको पतिलाई मार्न तालमा धकेल्दा दुवै जनाको मृत्यु

नेपालभ्युज

प्रेमिकाको पतिलाई मार्न तालमा धकेल्दा दुवै जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित सोलापुरको एउटा अचम्मलाग्दो घटना सार्वजनिक भएको छ ।

त्यहाँ प्रेमिकाका श्रीमानलाई मार्न गएका व्यक्तिको पनि तालमा डुबेर मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार आफूहरूको अवैध सम्बन्धमा बाधा बन्दै गएका श्रीमानबाट छुट्कारा पाउन प्रेमीसँग मिलेर पत्नीले यो षड्यन्त्र रचेकी थिइन् । यस विषयमा प्रहरीले श्रीमतीविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

जानकारीअनुसार यो घटना फेब्रुअरी १८ मा बार्शी तालुकको महागाउँमा भएको हो । त्यहाँ तालमा डुबेर दुई जनाको मृत्यु भयो । मृत्यु हुनेमा गणेश अनिल सपत र शङ्कर उत्तम पताडे हुन् ।

प्रहरीले यस विषयमा अनुसन्धान गर्दा गणेशको शङ्करकी श्रीमतीसँग सम्बन्ध रहेको खुलासा भएको हो ।

फेब्रुअरी १८ को राति गणेशले शङ्करलाई पिउने र खाना खाने बहानामा बाहिर बोलाए । दुवै जनासँगै महागाउँ ताल पुगे, जहाँ रक्सीको नशामा डुबेर तालको पुलमा नाच्न थाले ।

यसैबीच गणेशले शङ्करलाई तालमा धकेले, तर सन्तुलन गुमाएका कारण उनी आफू पनि तालमा खसे । ताल गहिरो भएको र मादक पदार्थ पिएकाले दुवै जना तालबाट बाहिर निस्कन सकेनन् र उनीहरूको त्यहीँ मृत्यु भयो ।

यो कुरा प्रहरीले थाहा पाएपछि उनीहरूले रुपालीलाई सोधपुछ गरे । यस क्रममा षड्यन्त्रको खुलासा भएको हो । प्रहरीले ती महिलाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved