‘हिमालयन डुओ’ चेसको उपाधि नाइटमेर कजिन्सलाई

नेपालभ्युज

‘हिमालयन डुओ’ चेसको उपाधि नाइटमेर कजिन्सलाई

काठमाडौं । ‘हिमालयन डुओ’ र्यापिड चेस प्रतियोगिताको उपाधि नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन खतिवडाले जितेका छन् । उनीहरूले पाँच राउन्डमा शतप्रतिशत जितसहित १० अंक जोड्दै उपाधि जित्न सफल भएइका हुन् ।

व्यक्तिगत खेल भएपनि चेसमा सामूहहिक भावना बलियो बनाउन आयोजित एक दिने प्रतियोगितामा प्रवीर केसी र अनमोल राईको टिम गोथम नाइट्स ७ अंकसहित दोस्रोमा रह्यो ।

यसमा प्रवीरले ४ खेल जिते भने अनमोलले ३ खेलमा सफलता हात पारे । स्वीस प्रणालीअुसार ५ राउन्डमा सञ्चालित प्रतियोगितामा समय १० मिनेटसँगै १० सेकेन्ड इन्क्रिमेन्ट तोकिएको थियो ।

उपकार मार्ग, थापाथलीस्थित एकेडेमीको चेस हलमा नाइट्स ग्याम्बिट ६ अंकसहित तेस्रो भयो । यो टिमका लियोन महर्जन र शुभ तुलस्यानले समान ३ खेलमा जित हात पारे । सिद्धार्थ जेसी श्रेष्ठ र युग युसी श्रेष्ठको टिम फायर एन्ड आइसले बेस्ट नेम अवार्ड जित्यो ।

प्रतियोगितामा १६ टिम सहभागि थिए । प्रत्येक जितमा २ अंक, बराबरीमा १ अंक दिइएको थियो भने हारमा कुनै अंक थिएन ।

एक रेटेड र एक अनरेटेड खेलाडीको टिम बनाइएको हिमालयन डुओमा उपाधि विजेता नाइटमेर कजिन्सले ५ हजार, उपविजेता गोथम नाइट्सले ३ हजार र तेस्रो भएको नाइट्स ग्याम्बिटले २ हजार रुपियाँ ट्रफी तथा मेडल प्राप्त गरे ।

हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगिताका विजेतालाई प्रथम राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता विकासमान लामा, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, माइस इन्टरनेसनलका सीओओ सिलु श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोलालिशा खम्बूले पुरस्कार वितरण गरेका थिए ।

गत वर्ष चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले आयोजना गरेको पाँचौ प्रतियोगिता हो हिमालयन डुओ । उसले यसअघि एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी र प्यट्रिओटिक पन च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको थियो ।

१ सय बढीलाई नियमित चेस ट्रेनिङ दिइरहेउको एकेडेमीले स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved