घरेलु मैदानमा उपाधि चुम्नबाट चुक्यो नेपाल

नेपालभ्युज

घरेलु मैदानमा उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौं । चारदेशीय महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाली महिला फुटबल टिम घरेलु मैदानमा उपाधि चुम्नबाट चुकेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  सम्पन्न खेलमा नेपाल म्यानमारसँग दुई शून्यको गोल अन्तरले पराजित भएको हो  ।

खेलको पहिलो हाफमा नेपालले पाएको मौकालाई अवसरमा परिणत गर्न नसक्दा जीत बाट बञ्चित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा  म्यानमारसँग दुई गोलले पराजित हुन पुग्यो ।

तीन मिनेटभित्र नेपालविरुद्ध दुई   गोल गर्दै म्यानमारले उपाधि हात पारेपछि नेपाल उपविजेतामा सीमित हुन पुग्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved