काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ ।
विष सेवन गरेका थापाको उपचारको क्रममा कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।
धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलङ्कीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा थापा सोमबार साँझ अचेत भेटिएका थिए ।
प्रहरीले उनको साथबाट सुसाइड नोट समेत फेला परेको छ ।
बागमती प्रदेशको समस्याग्रस्त सहकारीमा दर्ज भएको सुमेरु सहकारीको विषयमा स्वकीय सचिव थापाको नाम मुछिएको अडिओ मिडियामा सार्वजनिक भएको थियो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतकाअनुसार थापाले सहकारीको तनावले गर्दा सुसाइड नोट लेखेर विष पिएको देखिन्छ । थापाले सुसाइड नोटमा पैसा लेनदेनको विषयमा आफ्नो नाम जोडिएको र त्यसबाट आफ्नो बेइज्जत भएको उल्लेख गरेका छन् ।
Facebook Comment
Comment