इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : उपाधि जित्नेमा दुवै टोली ढुक्क

नेपालभ्युज

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : उपाधि जित्नेमा दुवै टोली ढुक्क

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलको उपाधि जित्नेमा दुवै टोली नेपाल र म्यानमार ढुक्क रहेका छन् ।

मङ्गलबार भएको प्री–म्याच कन्फरेन्समा दुवै टोलीले टीमले उपाधि जित्नेमा ढुक्क रहेको दाबी गरेका हुन् ।

प्रतियोगिताको समूह चरणका खेल निकै राम्रो भएकाले फाइनल खेल आफ्नो पक्षमा हुने नेपाली महिला टीमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ बताउँछन् । फाइनलका लागि थप रणनीतिका साथ मैदान मुख्य प्रशिक्षक तामाङले बताए ।

टोली राम्रो सेटमा रहेकाले राम्रो नतिजा आउने राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन् । उपाधि जित्नका लागि शतप्रतिशत दिने उनले बताइन् ।

यस्तै, म्यानमारका प्रशिक्षक र कप्तानले पनि राम्रो प्रदर्शन गर्ने र उपाधि आफ्नो पक्षमा पार्ने बताए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फाइनल खेलका लागि टिकटको दर बढाएको छ । भीआईपीतर्फको २ हजार र सामान्यतर्फको १ हजार दर कायम गरिएको र पाँच वर्षमाथिका सबैलाई टिकट लाग्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

प्रतियोगिताको सुरक्षालाई चुस्तदुरुस्त बनाइएको र तयारी राम्रो भएको उनले बताए ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा बुधबार हुने फाइनल खेल ६ बजेदेखि सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved