अनलाइन स्क्यामिङमा लगाइएका दुई नेपालीको म्यानमारबाट उद्धार

नेपालभ्युज

अनलाइन स्क्यामिङमा लगाइएका दुई नेपालीको म्यानमारबाट उद्धार

काठमाडौं । म्यानमारमा अनलाइन स्क्यामिङ कार्यमा संलग्न दुई जना नेपालीलाई नेपाली राजदूतावासले उद्धार गरी स्वदेश फिर्ता पठाएको छ ।

थाइल्यान्ड सरकारको सहयोगमा उनीहरूलाई म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो ।

फागुन १२ गते उनीहरूलाई नेपाल फर्काइएको राजदूतावासले विज्ञप्ति निकाल्दै जानकारी दिएको छ । विज्ञप्तिमा दूतावासले नेपाली नागरिकहरूलाई वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेको मापदण्ड र श्रम स्वीकृति अनिवार्य लिन आग्रह गरेको छ ।

विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डजस्ता देशहरूमा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा नपर्न दूतावासले सचेतसमेत गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved