नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकियो

नेपालभ्युज

नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकियो

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेल नेपाल र  म्यानमारबीच बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा आइतबार सम्पन्न खेल  २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।

दुईपटक पछि परेको अवस्थाबाट नेपालले पुनरागमन गरेको थियो । दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । फाइनल खेल भने बुधबार हुनेछ ।

आजको खेलको उत्कृष्ट खेलाडी साम्बा भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved