एनएसएल अक्सन

विवेक पौडेल धनगढी एफसीमा, दीप कार्की अनसोल्ड

नेपालभ्युज

विवेक पौडेल धनगढी एफसीमा, दीप कार्की अनसोल्ड

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा विवेक पौडेल धनगढी एफसीमा आबद्ध भएका छन् ।

जारी अक्सनमा धनगढीले क्याटेगोरी ‘ए’का मिडफिल्डर विवेकलाई ३ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

गोलकिपर क्याटेगोरी ‘ए’का गोलकिपर दीप कार्की भने पहिलो चरणमा अनसोल्ड भएका छन् ।

ललितपुर एफसीले २ लाख रुपैयाँमा अभिषेक वाइबालाई टोलीमा आबद्ध गरेको छ । ललितपुरले क्याटेगोरी ‘बी’का गोलकिपर समित श्रेष्ठलाई १ लाख ५० हजार रुपैयाँमा आबद्ध गर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved