एनएसएल अक्सन:

चार/चार लाखमा बिके दिनेश हेन्जन, पासाङ लामा र आशिष गुरुङ

नेपालभ्युज

चार/चार लाखमा बिके दिनेश हेन्जन, पासाङ लामा र आशिष गुरुङ

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सले दिनेश हेन्जनलाई टोलीमा आबद्ध गरेको छ ।

एनएसएलको जारी अक्सनमा काठमाडौंले क्याटेगोरी ‘ए’का दिनेशलाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो।

यस्तै, क्याटेगोरी ‘ए’का पासाङ लामालाई धनगढी एफसीले ४ लाख रुपैयाँमा टोलीमा जोडेको हो । यसअघि ललितपुरले मणिकुमार लामालाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको थियो ।

साथै, झापा एफसीले आशिष गुरुङलाई ४ लाखमा किनेको छ ।

क्याटेगोरी ‘बी’का विशाल तामाङलाई पोखरा थन्डर्सले २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved