एनएसएल अक्सन

ललितपुर एफसीले ४ लाखमा किन्यो मणिकुमार लामालाई

नेपालभ्युज

ललितपुर एफसीले ४ लाखमा किन्यो मणिकुमार लामालाई

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसीले मणिकुमार लामालाई टोलीमा आबद्ध गरेको छ ।

एनएसएलको जारी अक्सनमा साविक विजेता ललितपुरले क्याटेगोरी ‘ए’का लामालाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

जारी अक्सनमा हालसम्मकै उच्च बोलीमा ललितपुरले लामालाई टोलीमा जोडेको हो ।

क्याटेगोरी ‘ए’का प्रदीप लामालाई बुटवल एफसीले २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको छ ।

धनगढी एफसीले क्याटेगोरी ‘बी’का जर्ज प्रिन्स कार्कीलाई १ लाख ७५ हजार रुपैयाँमा किनेको छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ भने पहिलो चरणमा अनसोल्ड भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved