एनएसएल अक्सन : मिलन राई एफसी चितवनमा आबद्ध

नेपालभ्युज

एनएसएल अक्सन : मिलन राई एफसी चितवनमा आबद्ध

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा एफसी चितवनले मिलन राईलाई टोलीमा आबद्ध गरेको छ ।

एनएसएलको जारी अक्सनमा एफसी चितवनले क्याटेगोरी बीका मिलनलाई २ लाख रुपैयाँमा किनेको हो । एनएसएलमा सोल्ड भएका पहिलो खेलाडी हुन् ।

अक्सनअघि ‘ए’ क्याटोगोरीका ३४ मध्ये १४ खेलाडी मार्की र रिटेन भइसकेका छन्। लाकेन लिम्बूलाई मार्की खेलाडी बनाएको छ।

काठमाडौंले रोहन कार्की, बुटवल लुम्बिनी एफसीले मनिष डाँगी, ललितपुर सिटी एफसीले अनन्त तामाङ, एफसी चितवनले अञ्जन विष्ट, पोखरा थन्डर्सले समीर तामाङ,र धनगढी एफसीले कृतिशरत्न छुन्जुलाई मार्की बनाएको छ।

यस्तै, ललितपुरले सनीश श्रेष्ठ, बुटवलले एरिक विष्ट, पोखराले आयुष घलान, धनगढीले देवेन्द्र तामाङ, काठमाडौंले दीपेश गुरुङ र चितवनले विशाल श्रेष्ठलाई ‘ए’ क्याटोगोरीबाट रिटेन गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved