काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक शनिबार पुन बस्ने भएको छ।
ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजबाट सुरु भएको बैठक शनिबार ७: ३० बजे पुन बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले एक विज्ञप्तिमार्फत जानकारी दिए ।
बैठकलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए ।
शुक्रबारको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू एजेन्डाका रूपमा प्रस्तुत गरिएको उपप्रमुख अर्यालले जानकारी दिए ।
आजको बैठकमा कमानसिंह खड्का, महेश रेग्मी, कृष्ण नेपाली, नन्दलाल बञ्जाडे, शेरबहादुर केसी, महादेव भारती, चमिना भट्टराई, प्रेमलकुमार खनाल, भगवती नेपाल, शंकर पोखरेल र घनप्रसाद गौतमले आ-आफ्ना धारण राखेका थिए ।
Facebook Comment
Comment