प्रधानमन्त्री कपका लागि क्यानले चयन गर्‍यो तीन रङ्गशाला

नेपालभ्युज

प्रधानमन्त्री कपका लागि क्यानले चयन गर्‍यो तीन रङ्गशाला

काठमाडौं । क्रिकेट एशोसियसन नेपाल (क्यान)ले प्रधानमन्त्री कपका खेल तीनवटा रङ्गशालामा खेल खेलाउने भएको छ ।

क्यानले आज खेल तालिका सार्वजनिक गर्दै रूपन्देहीका दुई र दाङको एक रङ्गशालामा खेल हुने जानकारी दिएको हो । क्यानकाअनुसार रूपन्देहीका सिद्धार्थ रङ्गशाला, एक्स्ट्राटेक ओभल र दाङको लमही रङ्गशालामा खेल हुनेछ ।

फागुन २५ गतेदेखि उद्घाटन खेलमा सिद्धार्थ रङ्गशालामा कोशी र लुम्बिनी प्रदेश भिड्नेछन् । यता, एक्स्ट्रा टेक ओभलमा बागमती प्रदेश र विभागीय टिम एपीएफ भिड्ने छन् । त्यही दिन लमहीमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीचको खेल हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्‌को कार्यक्रमअनुसार क्यानको आयोजनामा हुन लागेको प्रतियोगिता २५ फागुनदेखि १६ चैतसम्म राउन्ड रोबिन लिगका आधारमा चल्नेछ  ।

प्रतियोगितामा तीन विभागीयसहित १० टिम भिड्नेछन् । प्रतियोगितामा सात प्रदेशसहित तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफको सहभागिता हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत १६ मा  सिद्धार्थ रङ्गशालामा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved