महिला खेलाडीलाई चुम्बन गरेको घटनामा रुबिअलेस दोषी ठहर

नेपालभ्युज

महिला खेलाडीलाई चुम्बन गरेको घटनामा रुबिअलेस दोषी ठहर

काठमाडौं । महिला खेलाडीलाई अश्लील चुम्बन गरेको घटनामा स्पेनिस फुटबल सङ्घका तत्कालीन अध्यक्ष लुइस रुबिअलेस दोषी ठहर भएका छन् ।

उनलाई स्पेनको उच्च अदालतले दोषी ठहर गर्दै जरिवानासहित केही सजायसमेत तोकेको छ ।

रुबिअलेसलाई १० हजार ८०० युरोसहित पीडित फुटबलर जेनी हर्मोसोसँग भेट हुँदा उनीबाट २०० मिटर टाढा बनुपर्ने र एक वर्षसम्म सम्पर्क गर्न नपाउने गरी प्रतिबन्ध लगाउने फैसला अदालतले गरेको छ ।

फुटबल सङ्घका तत्कालीन अध्यक्ष रुबिअलेसले सन् २०२३ को अगस्टमा स्पेनले महिला विश्वकप जितेपछि पदक वितरण समारोहका क्रममा खेलाडी हर्मोसोको सहमतिबिना ओठमा चुम्बन गरेका थिए । अष्ट्रेलियामा भएको उक्त प्रतियोगितामा इङ्गल्यान्डलाई हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको थियो ।

यसअघि बिबिअलेसले चुम्बन आपसी सहमतिमा भएको दाबी गर्दै आएका थिए । तर, हर्मोसाले भने सहमतिमा नभएको स्पष्ट पारेकी थिइन् ।

अदालतको फैसलाविरुद्ध आफूले पुनरावेदन गर्ने रुबिअलेसले बताएका छन् । चुम्बन प्रकरणमा मुछिएपछि उनी पहिले निलम्बनमा परेका थिए । पछि उनले पद नै गुमाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved