काठमाडौं । भारतीय टोलीका पूर्वकप्तान सौरभ गांगुली सवार गाडी दुर्गापुर एक्सप्रेस वेमा दुर्घटना भएको छ ।
बर्दवानमा एक कार्यक्रममा भाग लिन जाँदै गर्दा बिहीबार उनी सवार कार दुर्घटना भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
यो घटना बिहीबार दिउँसो भएको हो । त्यतिबेला दुर्गापुर द्रुतमार्गमा ठूलो पानी परिरहेको थियो । त्यही समयमा एउटा लरी गांगुलीको कारसँग ठोक्कियो ।
चालकले दुर्घटनाबाट जोगाउन ब्रेक लगाए, जसका कारण काफिलेमा रहेका सबै सवारी साधनहरू एकअर्कासँग ठोक्किएका थिए । गांगुलीलाई कुनै चोट भने नलागेको बताइएको छ ।
भारतीय टोलीमा दादाको नामले प्रसिद्ध गांगुलीले भारतका लागि ३११ एकदिवसीय खेल खेलेका छन् । ४०.७३ को औसतमा ११,३६३ रन बनाएका छन् ।
यति मात्र होइन, गांगुलीले एकदिवसीय खेलमा २२ शतक र ७२ अर्धशतक बनाएका छन् । एकदिवसीयमा दादाको उच्चतम स्कोर १८३ रन थियो ।
गांगुलीले ११३ टेस्ट खेलमा ४२.१८ को औसतमा ७२१२ रन बनाएका छन् । टेस्ट खेलमा उनको नाममा १६ शतक, ३५ अर्धशतक र १ दोहोरो शतक छ । यस ढाँचामा उनको उत्कृष्ट स्कोर २३९ रन थियो ।
Facebook Comment
Comment