तपोवन गएर ‘माँ प्रेम हाँस्या’ बनिन् शिल्पा

नेपालभ्युज

तपोवन गएर ‘माँ प्रेम हाँस्या’ बनिन् शिल्पा

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ओशो तपोवन गएकी छन् ।

बोधिसत्त्व स्वामी आनन्द अरुणबाट उनले नवसंन्यास र दीक्षा ग्रहण गरेकी छन् । उनी अब ‘माँ प्रेम हाँस्या’ बनेकी छन् ।

अभिनेत्री शोभिता सिम्खडाले पोखरेललाई ओशो परिवारमा स्वागत गर्दै भनेकी छन्, “नायिका सिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुण ज्युको हातबाट ओशोको नवसंन्यासर दिक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु । अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस धेरै धेरै शुभकामना ।”

शिल्पाले केही समय अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्धविच्छेद गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved