नेपालको सार्वजनिक ऋण २६ खर्बमाथि, चालु वर्षमै थपियो झण्डै ३ खर्ब

नेपालभ्युज

नेपालको सार्वजनिक ऋण २६ खर्बमाथि, चालु वर्षमै थपियो झण्डै ३ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २६ खर्ब रुपैयाँ नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको २०८१/८२ को सात महिना (साउन–माघ) सम्म सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड पुगेको हो ।

जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.७७ प्रतिशत हुन आउँछ । माघ मसान्तसम्म सरकारको आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

बाह्य ऋण १३ खर्ब २८ अर्ब २५ करोड पुगेको छ । जीडीपीका आधारमा आन्तरिक ऋण र बाह्य ऋण हिस्सा २२ दशमलव ४९ र २३ दशमलव २८ प्रतिशत छ ।

चालु आवमा सरकारले २ खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ ऋण लिएको छ । यस अवधिमा १ खर्ब ५० अर्ब २० करोड ऋणको सावाँ भुक्तानी गरिएको छ । समीक्षा अवधिमा सरकारले वार्षिक लक्ष्यको ५३ दशमलव १२ प्रतिशत सार्वजनिक ऋण उठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved