तेस्रो दोलखा महोत्सव : स्थानीय उत्पादनलाई प्राथमिकता (तस्वीरहरू)

नेपालभ्युज

तेस्रो दोलखा महोत्सव : स्थानीय उत्पादनलाई प्राथमिकता (तस्वीरहरू)

दोलखा । चरिकोटमा आज (फागुन ६)देखि मा तेस्रो बृहत् दोलखा महोत्सव २०८१ सुरु भएको छ । व्यापारिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सव फागुन १८ गतेसम्म चल्नेछ ।

महोत्सवमा दोलखामै उत्पादन भएका विभिन्न कृषिजन्य, वनजन्य तथा हस्तकला सामग्रीहरूको प्रदर्शनी र बिक्री भइरहेको छ ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मह, घिउ, चिज, छुर्पी, ललिपप, अगरबत्ती, धूप, लप्सी, टिमुर, अमलाको अचार, सिस्नु र अमलाको धुलो, काठबाट निर्मित सामग्री, ढाकाका कपडाबाट बनेका विभिन्न वस्त्र तथा गाँजाबाट निर्मित जुत्ता, झोला, पर्स जस्ता सामग्रीका स्टल राखिएका छन् ।

दोलखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन भइरहेको महोत्सवले जिल्लाको खस्किँदो व्यापार, व्यवसाय र बजारलाई पुनः सक्रिय बनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

आयोजककाअनुसार जिल्लाका उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरण र बिक्रीसँगै दिगो आर्थिक विकासबारे सरोकारवालाहरूबीच छलफल र साझा धारणा निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

महोत्सवले जिल्लाका साना तथा मझौला उद्यमीहरूलाई थप ऊर्जा दिने विश्वास लिइएको छ ।

हेरौँ, तस्वीरहरु-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved