दाङमा प्रधानमन्त्री ओलीको व्यस्तता : विमानस्थल अवलोकनदेखि कोमल वलीको रिसोर्ट उद्घाटनसम्म

नेपालभ्युज

दाङमा प्रधानमन्त्री ओलीको व्यस्तता : विमानस्थल अवलोकनदेखि कोमल वलीको रिसोर्ट उद्घाटनसम्म

काठमाडौं । दाङ भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सोमबार व्यस्त रहे । उनले विमानस्थल अवलोकनदेखि रिसोर्ट उद्घाटनसम्मका काम भ्याए ।

प्रधानमन्त्री ओलीले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका हुन् । विमास्थलको अवलोकन गर्दै उनले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

‘यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन । आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीसँगै नेकपा एमाले महासचिव शङ्कर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीलगायतले विमानस्थल अवलोकन गरे ।

सोमबार नै प्रधानमन्त्री ओलीले तुलसीपुरस्थित कोमल रिसोर्टको पनि उद्घाटन गरेका थिए । गायिका कोमल वलीले उक्त रिसोर्ट सञ्चालनमा ल्याएकी हुन् ।

वली एमाले नेतृ तथा राष्ट्रियसभाकी पूर्वसदस्यसमेत हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार नै लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गरेका थिए ।

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved