छत्तीसगढबाट कुम्भमेला जाँदै गरेको गाडी दुर्घटना : १० जनाको मृत्यु

नेपालभ्युज

छत्तीसगढबाट कुम्भमेला जाँदै गरेको गाडी दुर्घटना : १० जनाको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढबाट कुम्भमेलामा भाग लिन प्रयागराज जाँदै गरेको गाडी छत्तीसगढका दुर्घटनामा परेकाे छ । जसबाट १० जना भक्तजनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस दुर्घटनामा परी १९ जना घाइते भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

मृतकहरू सबै छत्तीसगढको कोरबा र जांजगीर चम्पा जिल्लाका बासिन्दा थिए ।

छत्तीसगढ प्रहरी प्रवक्ताका अनुसार कोरबाबाट १० जना श्रद्धालु यात्रु बोलेरोमा प्रयागराज जाँदै थिए, जहाँ उत्तर प्रदेशको मिर्जापुर–प्रयागराज राजमार्गमा रहेको मनुकापूरा गाउँनजिकै शुक्रबार अबेर राति बोलेरो बससँग ठोक्कियो ।

प्रहरीका अनुसार ठोक्किँदा बोलेरोको अगाडिको भाग चकनाचुर भएको थियो र बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार १९ यात्रु पनि घाइते भएका छन्, जसलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ । बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्, जो नुहाएर वाराणसी जाँदै थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved