चार राष्ट्र सम्मिलित महिला फुटबल : टिकट मूल्य पाँच सय र एक हजार

नेपालभ्युज

चार राष्ट्र सम्मिलित महिला फुटबल : टिकट मूल्य पाँच सय र एक हजार

काठमाडौं । चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको टिकट दर निर्धारण गरिएको छ ।

मङ्गलबार भएको एक कार्यक्रममा साधारण प्यारापिटका लागि टिकट दर ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको एन्फाले जनाएको छ ।

साथै, प्रतियोगिताको प्रारम्भिक तयारी पूरा भएको एन्फाले जनाएको छ ।

यस प्रतियोगितालाई नेपाली महिला फुटबलको स्तर वृद्धिमा महत्त्वपूर्ण मानिएको छ । प्रतियोगिता फेब्रुअरी १७ देखि २६ (फागुन ५–१४)सम्म दशरथ रङ्गशालामा आयोजना हुनेछ ।

एन्फाले पहिलो पटक नेपालमै चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारीस्वरुप यस प्रतियोगितालाई लिइएको एन्फाले जनाएको छ । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार, र लेबनान सहभागी हुनेछन् ।

प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा सञ्चालन गरिने छ । शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । खेल दिउँसो २ बजे र साँझ ६ बजे खेलाइनेछ ।

प्रतियोगिताको अनुमानित बजेट २ करोड ५० लाख ५६ हजार १०४ रुपैयाँ रहेको छ । यस अन्तराष्ट्रिय प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न एन्फाले सबै पत्रकार साथीहरुबाट सहयोगको अपेक्षा गरिएको छ ।

महिला फुटबलको अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बलियो बनाउने उद्देश्यले गरिएको एन्फाले जनाएको छ ।

नेपाली महिला टोली हाल मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा ३० सदस्यीय टोलीसहित बन्द प्रशिक्षणमा छ ।

यस आयोजनाले नेपाली महिला फुटबलको व्यावसायिकता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved