गेटाफेलाई फराकिलो अन्तरले हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

नेपालभ्युज

गेटाफेलाई फराकिलो अन्तरले हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं । गेटाफेलाई फराकिलो अन्तरले हराउँदै एट्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान रियाल एअर मेट्रोपोलियनमा भएको खेलमा घरेलु टोली एट्लेटिकोले गेटाफेमाथि ५–० गोलअन्तरको फराकिलो जित हासिल गरेको हो ।

एट्लेटिकोको जितमा जिलियानो सिमोनीको दुई गोल गरे । उनी टिमका प्रशिक्षक डिएगो सिमोनीका छोरासमेत हुन् ।

अन्तिम आठको एकपक्षीय खेलमा एट्लेटिकोको प्रदर्शन उत्कृष्ट रह्यो ।

जिलियानोले ८ र १७औं मिनेटमा गोल गरे । त्यसपछि स्यामुएल लिनोले ४२औं, एङ्गेल कोरेयाले ७८औं र एलेक्जान्डर सोरलोथले ८६औं मिनेटमा एक–एक गोल थपे ।

अब अन्य अन्तिम आठकाखेलमा रियल मड्रिडले लेगानेस, रियल सोसिडाडले ओसासुनाको सामना गर्नेछन् ।

यस्तै ३१ पल्टको कीर्तिमानी विजेता बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved