त्रिकोणात्मक टी–२० सिरिज

‘लो स्कोरिङ’ खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो

नेपालभ्युज

‘लो स्कोरिङ’ खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा थाइल्याण्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो ।

थाइल्याण्डले दिएको ८७ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रन बनाएर अलआउट भयो ।

थाइल्याण्डका लागि धुँवाधार बलिङ गर्दै थिपाचा पुथावोंग र ओनिचा कामचोम्फुले ३–३ विकेट लिइन् ।

सो क्रममा थिपाचाले ४ ओभरमा १० रन खर्चेर २ मेडन फालिन् । ओनिचाले १७ रन खर्चेर ३ विकेट लिइन् ।

यसअघि थाइल्याण्ड १९.५ ओभरमा ८६ रन बनाएर अलआउट भएको थियो ।

थाइल्याण्डका लागि चानिदा सुट्ठिरुआंगले २७ र फनिता मायाले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि इरिस ज्विलिङ, इभा लिन्च, र सिल्भर सिगर्सले २–२ विकेट लिइन् । इसाबेल भान डर वोनिङले १ विकेट लिइन् ।

अब मङ्गलबार हुने खेलमा नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved