त्रिकोणात्मक टी–२० सिरिज

नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्ड १९.५ ओभरमा ८६ रन बनाएर अलआउट भएको हो ।

थाइल्याण्डका लागि चानिदा सुट्ठिरुआङ्गले २७ र फनिता मायाले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि इरिस ज्विलिङ, इभा लिन्च, र सिल्भर सिगर्सले २–२ विकेट लिइन् । इसाबेल भान डर वोनिङले १ विकेट लिइन् ।

टस जितेर नेदरल्याण्ड्सले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved