न्यायपरिषद् सदस्यमा सुनुवाइ समितिबाट खड्का अनुमोदित

नेपालभ्युज

न्यायपरिषद् सदस्यमा सुनुवाइ समितिबाट खड्का अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले खड्काको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतले उनको नाम अनुमोदन गरेको हो ।

न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिइन् ।

त्यसअघि बैठकमा संसदीय सुनुवाइका क्रममा प्रस्तावित न्यायपरिषद् सदस्य खड्काले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको छवि अभिवृद्धि गर्ने र न्यायालयको सुधार र गरिमा कायम प्रतिबद्धता जनाए ।

संविधान र कानूनप्रति आस्था राख्दै स्वतन्त्रपूर्वक काम गर्ने उनले बताए । उनले न्यायाधीश नियुक्तिको लागि सिफारिस गर्दा स्थापित सिफारिसका आधारलाई पारदर्शी बनाउने प्रयास रहने उल्लेख गरे ।

पुस २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved