काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सहमतिमै सम्बन्धविच्छेद गर्न लागेको बताएकी छन् ।
चौहानले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
सोही विषयमा बोल्दै उनले हतारमा विवाहको निर्णय लिएको बताएकी छन् । तर, सहमतिमै सम्बन्धविच्छेद गर्न लागेकोले विष्णुलाई गाली नगर्न आग्रहसमेत गरेकी छन् ।
उनले टिकटकमा भिडिओ सेयर गर्दै भनिन्, “आफूले माया गरेका मान्छेलाई अरुले गाली गर्दा आफूलाई नै गाली खाएभन्दा बढी पिडा हुँदो रहेछ । अहिले मलाई साथ दिन्छु भन्ने सोचिरहनुभएको छ भने साथ दिनुस् । तर, उहाँलाई नराम्रो नभन्नुहोला । बरु मलाई गाली गर्नुस् । जिन्दगीमा कस्तो कस्तो भोगियो । म त खरानी भइसकेको मान्छे, आगोसँग डर लाग्दैन । मेरो जिन्दगी बिगार्ने जिम्मेवार म आफैँ हो । हामीले जानी–जानी बिहे गरेको हौं । उहाँले म कलाकार हो भन्ने थाहा भएरै, मेरो आनीबानी जानेरै विहे गर्नुभएको हो । पछि योभन्दा पनि नराम्रो सिचुयसन नआओस भनेर राम्ररी कुरा गरेर नै छुटेको हो ।”
अनुभवबाट सिकेर नयाँ सुरुवात गर्न चाहेको उनले बताएकी छन् ।
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा (निवेदनसहित)
Facebook Comment
Comment