नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

नेपालभ्युज

नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपाल आफ्नो पहिलो जितको खोजीमा छ । बिहीबार उद्घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

थाइल्याण्ड भने लगातार दोस्रो जित हासिल गर्ने योजनामा छ । शुक्रबार भएको पहिलो खेलमा थाइल्याण्ड नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved