नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

नेपालभ्युज

नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १२२ रन बनाएको हो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले अर्धशतकीय पारी खेलिन् । उनले ५० बलमा ८ चौका प्रहार गर्दै ५२ रनको योगदान गरिन् ।

आइरिस ज्विलिङले २८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

थाइल्याण्डका लागि थिपाचा पुथावोंगले २ तथा ओनिचा कामचोम्फुले १ विकेट लिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved