फिल्म ‘एक्टर: टेक वन’ रिलिज गर्ने बाटो खुल्यो

नेपालभ्युज

फिल्म ‘एक्टर: टेक वन’ रिलिज गर्ने बाटो खुल्यो

काठमाडौं । फिल्म ‘एक्टरः टेक वन’को विवादमा दुई पक्षबीच सहमति भएको छ ।

‘एक्टर’का निर्माता र ‘एक्टर: टेक वन’का निर्माताहरूबीच सहमति भएको हो । यससँगै फिल्म रिलिजको बाटो खुलेको छ ।

‘एक्टर’का निर्माता प्रतिलिपि अधिकारसम्बन्धी दायर निवेदन फिर्ता लिन तयार भएका छन् ।

यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले माघ २२ गतेसम्म रिलिज रोक्न अल्पकालीन आदेश दिएका थिए ।

फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको भन्दै ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न गत शुक्रबार अदालतमा रिट दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved