अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित

नेपालभ्युज

अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् ।

बीचमा स्थगित भएर मङ्गलबार साँझदेखि सुरु भएको मतगणनाको परिणामअनुसार महासचिव पदमा थापामगर निर्वाचित भएका हुन् ।

उनी ६०१ मत ल्याएर निर्वाचित भए । थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । यो प्यानल उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छ ।

गत शनिबार भएको चुनावको मतपरिणाम आउनेक्रम जारी छ । कोषाध्यक्षमा पनि राई प्यानलकै फूलमाया रानामगर विजयी भएकी थिइन ।

यो पनि पढ्नुहोस :

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved